इडुना पार्कमा डर्टमुण्डको नाटकीय जित (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगातर्फ शुक्रबार राती बोरुसिया डर्टमुण्डले १८९९ होफेनहिममाथि ३–२ को रोमाञ्चक जित हात पार्दै महत्वपुर्ण तीन अंक अटुलेको छ ।

डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सम्पन्न खेलमा पटक–पटकको अग्रता जोगाउन नसकेको घरेलु टोलीले खेलको अन्तिम समयमा निर्णायक नतिजा निकालेको थियो ।

४९औं मिनटमा जियोभानी रेनाको गोलबाट डर्टमुण्डले खेलमा अग्रता लिएको थियो । तर क्रिष्टोफ बमगार्टनरले ६१औं मिनटमा होफेनहिमका लागि बराबरी गोल फर्काएका थिए ।

यद्यपि जुडी बेलिंघमले ६९औं मिनटमा डर्टमुण्डलाई फेरि अग्रता दिलाए । खेलको नतिजा भने अन्तिम मिनटतिर नाटकीय बन्यो । ९०औं मिनटमा मुनास डाबुरले होफेनहिमका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउँदा खेल त्यति मै समापन हुने आश गरिएको थियो ।

तर त्यसको एक मिनट लगतै इर्लिङ हालण्डले डर्टमुण्डका लागि तेस्रो र निर्णायक गोल गर्दै घरेलु टोलीलाई महत्वपुर्ण रोमाञ्चक जितका साथ महत्वपुर्ण तीन अंक दिलाउन सफल भएका थिए ।

यो जितसँगै ३ खेलबाट ६ अंकका साथ डर्टमुण्ड शिर्ष स्थानमा उक्लिएको छ । पराजित होफेनहिम भने ४ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...