म्यानचेष्टर युनाइटेड फर्किए रोनाल्डो

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो व्यवसायीक फुटबलमा आफ्नो नयाँ उचाई र पहिचान बनाएको क्लब म्यानचेष्टर युनाइटेडमा फेरि फर्कने पक्का भएको छ । यो कुराको पुष्टी म्यानचेष्टर युनाइटेडले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत पुष्टी गरेको छ ।

सन् २०१८ मा रियल मेड्रिडबाट युभेन्टसमा आवद्ध भएका रोनाल्डोले यसै समर क्लब छाड्न चाहेको कुरा बाहिरिएको थियो । उनले मुख्य प्रशिक्षक मेसिमिलियो अलेग्रीसँग आफूले क्लब छोड्न चाहेको कुरा समेत बताएका थिए । त्यसलगतै उनलाई म्यानचेष्टर सिटीले पनि अनुवन्ध गर्ने हल्ला चलेको थियो । तर अन्ततः उनी आफ्नो पुरानै क्लबमा फर्किएका छन् ।

रिपोर्टअनुसार रोनाल्डो र क्लबबीच सबै सहमति भईसकेको छ । अब केवल मेडिकल र केही व्यक्तिगत कुराहरुमा मात्र सहमति बन्न बाँकी रहेको स्रोतले जनाएको छ । म्यानचेष्टर युनाइटेडमा पहिलो स्पेल बिताउने क्रममा रोनाल्डोले २९२ म्याचमा ११८ गोल समेत गरेका थिए ।

सन् २००३ देखि २००९ सम्म ओल्ड ट्राफोर्ड मै बिताएका रोनाल्डोले क्लबका लागि प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए लिग कप, कम्युनिटी शिल्ड, क्लब विश्वकपको उपाधि समेत जितेका थिए । त्यतिमात्र नभएर उनले म्यानचेष्टर मै रहँदा प्रतिष्ठित बेलन डि’अर अवार्ड समेत हात पारेका थिए ।

रिपोर्टअनुसार ३६ बर्षिय रोनाल्डोले ओल्ड ट्राफोर्डमा साताको २ लाख ७० हजार पाउण्ड कमाउने छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...