च्याम्पियन्स लिगः सिटी विरुद्ध पिएसजी, बार्सा विरुद्ध बायर्न

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तरगत सन् २०२१–२२ को लागि सहभागि टोलीहरुको समूह विभाजन गरिएको छ । जसअन्तरगत डिफेन्डिङ च्याम्पियन चेल्सी र इटालियन महारथी युभेन्टस समूह एचतर्फ एकै समूहमा परेका छन् । यो समूहमा यी दुई टोलीबाहेक जेनिट सेन्ट पिटसबर्ग र माल्मो छन् ।

सर्वाधिक १३ पल्टको विजेता रियल मेड्रिड र इटालियन च्याम्पियन इन्टर मिलान पनि समूह डीतर्फ एकै समूहमा परेका छन् । यो समूहमा यी दुई टोलीबाहेक शख्तर डोनेस्क र शेरिफ टिरासपोल रहेका छन् ।

त्यस्तै समूह ए मा म्यानचेष्टर सिटीले फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग समूह चरणमै खेल्ने पक्का भएको छ । त्यसबाहेक समहूमा आरबी लिपजिग र क्लब ब्रुगी पनि छन् ।

त्यसैगरी समूह सीमा एटलेटिको मेड्रिड, लिभरपुल, एफसी पोर्टो र एसी मिलान छन् भने समूह सीतर्फ स्र्पोटिङ सिपी, बोरुसिया डर्टमुण्ड, एजाक्स र बेसिकटास रहेका छन् ।

समूह ई लाई कठिन समूह मानिएको छ । जहाँ जर्मन जायन्ट बायर्न म्युनिख र स्पेनिस महारथी बार्सिलोना छन् । यी दुई टोलीलाई बेनफिका र डाइनामो किभले पनि चुनौति दिनेछन् ।

समूह एफमा भिल्लारियल, म्यानचेष्टर युनाइटेड, एटलान्टा र योङ ब्वाईज छन् भने समूह जीमा लिले, सेभिया, रेडबुल साल्जबर्ग र वुल्फ्सबर्ग रहेका छन् ।

युइएफएले प्रतियोगिताका लागि अहिले नै मिति सार्वजनिक नगरे तापनि यहि आउँदो सेप्टेम्बरदेखि समूह चरणका खेलहरु शुरु हुने स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...