बार्यनको २४ बर्ष यता कै ठूलो जित (भिडियोसहित)

एजेन्सी । जर्मन जायन्ट बायर्न म्युनिखले बुधबार राती प्रतिष्ठित जर्मन कपको पहिलो राउण्डमा २४ बर्ष यता कै सबैभन्दा ठूलो जित हात पारेको छ । बायर्नले बुधबार पाँचौं डिभिजनको टोली ब्रिमर एसभी विरुद्ध १२–० को एकतर्फी जित निकाल्यो ।

बायर्नको जितमा एरिक म्याक्सिम चुपो मोटिङले ह्याट्रिकसहित ४ गोल गरे । त्यस्तै जमल मुसियालाको नाममा दुई गोल रह्यो । त्यसैगरी लेरोए साने, मलिक तिलमान, माइकल क्वीसेन्स, बौना सार, कोरेन्टिन टुलिसोले एक–एक गोल गरे । थप गोल भने ब्रिमरका जान लुका वर्मले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलको ७६औं मिनटमा ब्रिमरका नोबिलले रातो कार्ड खाँदै मैदान बाहिरिंदा बायर्न सामू विपक्षी टोली थप निरीह बन्न पुगेको थियो । अधिकांश दोस्रो रोजाईका खेलाडी लिएर उत्रिएको बायर्नले फराकिलो जित भने सुनिश्चित गर्यो ।

स्मरण रहोस, बायर्नले यसअघि सन् १९९७ मा डिजेके वाल्डबर्ग विरुद्ध १६–१ को जित निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...