आर्सनललाई मिलेको राहत (भिडियोसहित)

एजेन्सी । इङलिस फुटबलको नयाँ सिजन खराब रुपमा शुरुवात गरेको लण्डन क्लब आर्सनलले बुधबार राती सिजनको पहिलो जितको स्वाद चाखेको छ । युवा खेलाडीले भरिएको वेस्ट ब्रोम विरुद्ध ६–० को फराकिलो जित निकालेको आर्सनल इङलिस लिग कपको तेस्रो चरणमा प्रवेश गर्न समेत सफल भयो ।

आर्सनलको जितमा गाबोन स्टार पिएरे एमरिक औबमेयङले ह्याट्रिक गरे । औबमेयङले खेलको १७, ४५ र ६२औं मिनटमा गोल गर्दै क्लबका लागि सिजनको पहिलो ह्याट्रिक गरे । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा पेपेले थप एक गोल गरे ।

आर्सनलका लागि थप दुई गोल भने दोस्रो हाफमा सम्पन्न भयो । ५०औं मिनटमा बुकायो साकाले आर्सनलका लागि अर्को थपेका थिए । क्लबका लागि यस सिजन साकाको यो पहिलो गोल समेत थियो । त्यस्तै अन्तिम गोल भने ६९औं मिनटमा अलेक्जेन्डर लाकाजेट्टीले गर्दै गनर्सलाई उत्कृष्ट जित दिलाए ।


प्रतिक्रिया दिनुहोस

Loading...