रोनाल्डोको गोल मान्य नहुँदा रोकियो युभेन्टस (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिमतिर गोल गर्दै त्यो गोलको खुशी जर्सी फुकालेर मनाए तापनि रेफ्रीले त्यो गोललाई अमान्य बताउँदा युभेन्टसले उडिनेसेसँग आइतबार २–२ को बराबरी खेलेको छ ।

उडिनेसेको घरेलु मैदानमा भएको खेलमा रोनाल्डो टोलीको पहिलो रोजाईको सेटमा समेत परेका थिएनन् । उनको स्थानमा अल्वारो मोराटाले अवसर पाएका थिए ।

धेरैले रोनाल्डोले युभेन्टस छाड्न चाहेकै कारण म्यानेजर मेसिमिलियानो अलेग्रीले पोर्चुगिज स्टारलाई वैकल्पिक खेलाडीका रुपमा राखेको अनुमान समेत गरेका थिए । यद्यपि क्लबका निर्देशक पावेल नादभेडले त्यो कुराको खण्डन गर्दै रोनाल्डो युभेन्टस मै रहने र उनले आपसी सल्लाह मै प्लेइङ–११ मा रहन नचाहेको बताएका थिए ।

खेलमा पाउलो डायबलाले तेस्रो मिनट मै गरेको गोलबा युभेन्टसले अग्रता बनाएको थियो । २३औं मिनटमा जुआन क्वाडराडोले त्यो अग्रता दोब्बर पारे । तर पाहुना टोलीले आफ्नो लिगको शुरुवाती खेललाई सुखद रुपमा शुरुवात गर्न सकेन ।

दोस्रो हाफमा उडिनेसेले खेलमा पूनःरागमन गर्न सफल भएको थियो । ५१औं मिनटमा रोबर्टो परिराले पेनाल्टीबाट उडिनेसेका लागि पहिलो गोल फर्काए । ८३औं मिनटमा जेरार्ड डिउलोफेउले उडिनेसेका लागि दोस्रो गोल थप्दै खेललाई नाटकीय रुपमा बराबरीमा ल्याएका थिए ।

स्मरण रहोस, अन्तिमतिर रेफ्रीले अमान्य बताएको रोनाल्डोको गोलको क्रममा उनले जर्सी फकालेर खुशीयाली मनाउँदा पहेंलो कार्डको समेत सामना गरेका थिए । जुन दुर्भाग्यपुर्ण पनि बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...