लण्डन डर्बीमा लुकाकुको डेब्यु गोल (भिडियोसहित)

एजेन्सी । चेल्सीमा दोस्रो स्पेल शुरु गरेका बेल्जियन स्टार रोमेलु लुकाकुले क्लबका लागि डेब्यु खेलमै गोल गरेका छन् । आइतबार राती सम्पन्न खेलमा चेल्सीले शहरी प्रतिद्वन्द्वी आर्सनललाई २–० ले हराउँदा लुकाकुको नाममा पनि एक गोल रह्यो ।

खेल अवधिभरि प्रभावशाली प्रदर्शन गरेका लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्ने अवसर पनि थियो । तर उनको कडा हेड प्रहार विपक्षी गोलरक्षकको हातमा लाग्दै क्रसबारमा ठोक्किउर फर्किएको थियो ।

इमिरेटस स्टेडियममा खेलको १५औं मिनटमै चेल्सीका लागि लुकाकुले पहिलो गोल गरेका थिए । रिस जेम्सको पासमा लुकाकुले बललाई पोष्टको जाली चुमाउन सफल भएका थिए । त्यस्तै दोस्रो गोल भने ३५औं मिनटमा जेम्सले नै गरे । उनले मेसन माउण्टको पासमा गोल गर्दै टोलीको अग्रता २–० पुर्याए । जुन अग्रता नै खेलको निर्णायक नतिजा बन्यो ।

यो जितसँगै २ खेलबाट ६ अंक जोडेको चेल्सीले लिभरपुललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित आर्सनल भने अंकविहीन रुपमा रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...