टोटेनह्यामको शतप्रतिशत जितको यात्रा जारी (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगको आफ्नो शुरुवाती खेलमा साविक विजेता म्यानचेष्टर सिटीलाई हराएको टोटेनह्याम हटसपरले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ ।

आइतबार वुल्भरह्याम्पटनलाई उसकै घरमा १–० ले हराएको टोटेनह्यामले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको हो । टोटेनह्यामको जितमा डेले अलीले नवौं मिनटमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । प्रिमियर लिगमा अलीको यो १७ महिनापछि पहिलो गोल थियो ।

टोटेनह्यामका लागि अर्को सुखद पक्ष भनेको स्टार स्ट्राइकर हेरी केन फेरि टोलीमा फर्किनु रह्यो । केनले ७२औं मिनटमा ह्युङ मिन सोनको स्थानमा मैदान प्रवेश गरेका थिए । स्मरण रहोस, अनेक अडकलबाजीका बावजुद केनले क्लब मै रहने पक्का भएको संकेत देखाएका छन् ।

यसअघि उनले लण्डन क्लब छाड्न चाहेको हल्ला पनि चलेको थियो । कतिपयले उनी म्यानचेष्टर सिटी जान चाहेकाले क्लबको अभ्यासमा पनि सामेल नभएको चर्चा चलाएका थिए । रिपोर्टअनुसार केन युरो च्याम्पियनसिप पछि समर ब्रेकमा रहेको बताइएको छ ।

उता यो जितसँगै टोटेनह्याम २ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्यस्तै पराजित वुल्भरह्याम्पटन भने अंकविहीन रुपमा १७औं स्थानमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...