डर्टमुण्डको स्तब्धपुर्ण हार (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगामा उपाधिको दावेदार मध्ये एक मानिने बोरुसिया डर्टमुण्डले शनिबार फ्रिबर्गसँग १–२ को स्तब्धपुर्ण हार बेहोरेको छ ।

फ्रिबर्गको घरेलु मैदानमा भएको खेलमा भिन्सेन्जो ग्रिफोले छैटौं मिनटमै गोल गरेर घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । ५३औं मिटमा रोलान्ड सेलाईले घरेलु टोलीको अग्रता दोब्बर पारे ।

तर त्यसको केही मिनट मै डर्टमुण्ड खेलमा फर्कियो । डर्टमुण्डका जुड बेलिंघमको गोल प्रहार क्लियर गर्न खोज्दा यानिक किटेलले आत्मघाती गोल गर्न पुगेका थिए । खेलमा बललाई आफ्नो नियन्त्रणमा राखेर पनि डर्टमुण्डले थप गोल गर्न भने सकेन ।

गत साता मात्र बुण्डेसलिगाको पहिलो खेलम फ्रान्कफर्टलाई हराएको डर्टमुण्डले सोही प्रदर्शनलाई शनिबार राती भने निरन्नरता दिन सकेन ।

यो हारसँगै डर्टमुण्ड २ खेलबाट ३ अंकका साथ छैटौं स्थानमा झरेको छ । उता महत्वपुर्ण ३ अंक बटुलेको फ्रिबर्ग भने ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...