इन्टरको शानदार शुरुवात (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले इटालियन सिरि ए तर्फ शनिबार शानदार जित हात पार्ने क्रममा जिनोआलाई ४–० ले हराएको छ । उपाधि रक्षा गर्ने योजनासहित नयाँ सिजनको पहिलो खेलमै इन्टरले आफ्नो प्रभावशाली जित दर्ता गरेको हो ।

घरेलु मैदान सान सिरोमा भएको खेलको छैटौं मिनटमै मिलान स्क्रिनरले इन्टरलाई खेलमा शुरुवाती अग्रता दिलाए । लगतै १४औं मिनटमा हाकन हाकन कलहनोग्लुले त्यो अग्रता दोब्बर बनाए ।

त्यस्तै ७४औं मिनटमा आर्टुरो भिडालले तेस्रो गोल थपे भने ८७औं मिनटमा यसै सिजन इन्टरमा आवद्ध भएका इडिन जेकोले चौथो गोल थप्दै डिफेन्डिङ च्याम्पियनलाई शानदार जितका साथ लिगको शुरुवात गराउन सफल भए ।


प्रतिक्रिया दिनुहोस

Loading...