डिपेको गोलले जोगियो बार्सा (भिडियोसहित)

एजेन्सी । यसै समर क्याम्प नोउ आएका डच स्टार मेम्फिस डिपेले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा शनिबार राती बार्सिलोनाले आफ्नो सम्भावित हार टारेको छ ।

खेलमा बार्साले एथलेटिक बिल्बाओसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो र लिगतालिकाको शिर्ष स्थानमा उक्लियो । खेलको ५०औं मिनटमा इनिगो मार्टिनेजको हेड गोलबाट एथलेटिकले सनसनीपुर्ण अग्रता लिएको थियो ।

तर खेलमा हार नमानेको बार्सिलोनाका लागि ७५औं मिनटमा डिपेले गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यस्तै खेलको अन्तिमतिर एरिक गार्सियाले विपक्षी खेलाडीलाई फल गर्दा रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो ।

खेलको अन्तिमतिर दश खेलाडीमा सिमित भए तापनि बार्साले बराबरी खेल्दै अंक बाँड्न भने सफल भयो । यो नतिजासँग्ै २ खेलबाट ४ अंक जोडेको बार्सा शिर्ष स्थानमा पनि उक्लिएको छ । उता पराजित एथलेटिक भने २ अंकका साथ नवौं स्थानमा उक्लेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...