लिभरपुलको जितमा जोटा र मानेको गोल (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा आफ्नो जितको यात्रालाई निन्तरता दिने क्रममा लिभरपुलले शनिबार बर्नली माथि २–० को जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि डिएगो जोटा र साडियो मानेले एक–एक गोल गरे ।

जोटाले १८औं मिनटमा पहिलो गोलको खाता खोले । त्यसको आठ मिनट लगतै मोहमद सलाहले पनि बललाई विपक्षीको पोष्टको जाली चुमाएका थिए । तर भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो गोललाई अफसाईड देखाएको थियो ।

त्यसपछि थप दोस्रो गोलका लागि लिभरपुलले दोस्रो हाफसम्म संघर्ष गर्नुपर्यो । रेडसका लागि ६९औं मिनटमा मानेले दोस्रो गोल गर्दै घरेलु टोलीको लगातार दोस्रो जित पक्का गरे ।

यो जितसँगै २ खेलबाट ६ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित बर्नली भने अंकविहीन रुपमा १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...