सोनको निर्णायक गोलले सिटी स्तब्ध

एजेन्सी । इङलिस प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीले खराब शुरुवात गरेको छ । आइतबार अबेर राती सम्पन्न खेलमा सिटीले टोटेनह्याम हटसपरसँग १–० को निराशाजनक हार बेहोर्यो ।

टोटेनह्याम हटसपरको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टोलीका लागि दक्षिण कोरियाली स्टार ह्युङ मिन सोन निर्णायक बने । उनले दोस्रो हाफको ५५औं मिनटमा स्टिभन बर्जविनले मिलाइदिएको पासमा एक मात्र निर्णायक गोल गरे ।

यो हारसँगै सिटीको जितका साथ लिग उपाधि जोगाउने अभियानको शुरुवात गर्ने योजनामा पनि धक्का लागेको छ । उता महत्वपूर्ण तीन अंक जोड्न सफल टोटेनह्याम भने आगामी खेलका लागि थप उत्साहित बनेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...