लिभरपुलको शुरुवाती जितमा सलाह ‘हिरो’ (भिडियोसहित)

एजृेन्सी । इङलिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा शनिबार राती लिभरपुलले नर्विच सिटीलाई ३–० ले हराउँदा मोहमद सलाहले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर पनि मिलाइदिएका छन् ।

खेलको २६औं मिनटमा डिएगो जोटाले पहिलो गोल गर्दा सलाहले नै अवसर मिलाइदिएका थिए । त्यस्तै ६५औं मिनटमा रोबर्टो फर्मिनोले दोस्रो गोल गर्दा पनि सलाहले नै गोलका लागि अवसर मिलाइदिएका थिए ।

साथै ७४औं मिनटमा सलाहले नै तेस्रो गोल थप्दै रेडसको जित पक्का गरेका थिए । त्यति मात्र नभएर प्रिमियर लिगको इतिहासमा लगातार पाँच सिजन पहिलो म्याच विकमा गोल गर्ने पहिलो खेलाडी समेत बन्न सफल भए ।


प्रतिक्रिया दिनुहोस

Loading...