हालण्ड चम्किदा डर्टमुण्डको फराकिलो जित (भिडियोसहित)

एजेन्सी । नर्वेजियन स्टार इर्लिङ हालण्ड चम्किएको खेलमा बोरुसिया डर्टमुण्डले फ्रान्कफर्टमाथि ५–२ को फराकिलो जित निकालेको छ । खेलमा डर्टमुण्ड पहिलो हाफमै हावी देखियो ।

डर्टमुण्डको घरेलु मैदानमा भएको खेलको २३औं मिनटमा मार्को रियुसले घरेलु टोलीका लागि पहिलो गोल गरे । तर २७औं मिनटमा फेलिक्स पेसलेकले आत्मघाती गोल गर्न पुग्दा फ्रान्कफर्टले खेलमा १–१ को बराबरी गर्न सफल भएको थियो ।

यद्यपि डर्टमुण्ड पहिलो हाफ मै हावी देखियो । ३२औं मिनटमा थोर्गन हजार्डले घरेलु टोलीलाई खेलमा दोस्रोपटक अग्रता दिलाए । त्यसको दुई मिनट लगतै हालण्डले त्यो अग्रता तेब्बर पारे । त्यस्तै दोस्रो हाफको ५८औं मिनटमा जियोभानी रेनाले डर्टमुण्डका लागि चौथो गोल गरे ।

खेलमा राम्रो प्रभाव जमाएको डर्टमुण्डका लागि ७०औं मिनटमा हालण्डले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्न सफल भए । उता फ्रान्कफर्टका लागि जेन्स पिटर हजले ८६औं मिनटमा दोस्रो गोल फर्काए तापनि पाहुना टोलीको हार भने टार्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...