ला लिगामा रियलको पनि शानदार शुरुवात (भिडियोसहित)

एजेन्सी । रियल मेड्रिडले स्पेनिस ला लिगामा नयाँ सिजनको शुरुवात शानदार जितका साथ गरेको छ । शनिबार भएको खेलमा रियलले अलावेसमाथि ४–१ को जित निकाल्यो । त्यसमा कप्तान करिम बेन्जेमाको दुई गोल पनि सामेल रह्यो ।

अलावेसको घरेलु मैदानमा सम्पन्न खेलमा पहिलो हाफको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यद्यपि दोसं्रो हाफ शुरु भएको तेस्रो मिनटमै बेन्जेमाले पहिलो गोल गरे । ५६औं मिनटमा नाचोले त्यो अग्रता दोब्बर पारे । लगतै ६२औं मिनटमा बेन्जेमाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे ।

तर तेस्रो गोल खाए लगतै अलावेसले पेनाल्टीको अवसर पायो । जसलाई ६५औं मिनटमा जोसेलुले गोलमा परिणत गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । तर पनि रियलले आफ्नो गोलस्कोरिङ लयलाई निरन्तरता दियो । अन्तिमतिर इन्जुरी समयमा भिनिसियस जुनियरले रियलका लागि चौथो गोल थप्दै पाहुना टोलीको जित पक्का गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...