प्यालेसमाथि चेल्सीको रवाफ (भिडियोसहित)

एजेन्सी । युरोपियन च्याम्पियन चेल्सीले पनि इङलिस प्रिमियर लिगको नयाँ सिजन शानदार जितका साथ शुरुवात गरेको छ । शनिबार घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीले शहरी प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई ३–० ले हरायो ।

चेल्सीको जितमा खेलको २७औं मिनटमा मार्कस एलोन्सोले पहिलो गोल गरे भने ४०औं मिनटमा अमेरिकन स्टार क्रिष्टियन पुलिसिकले दोस्रो गोल थपे । त्यस्तै तेस्रो गेल भने दोस्रो हाफको ५८औं मिनटमा ट्रेभन चालोबाले गर्दै घरेलु टोलीको जित पक्का गरे ।

स्मरण रहोस, चेल्सीले शनिबार भर्खरै क्लबमा पूनः आवद्ध गरेको बेल्जियन स्टार रोमेलु लुकाकुलाई भने मैदानमा उतारेको थिएन । यस सिजन चेल्सीलाई पनि लिगको उपाधि दावेदार मध्ये एकका रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...