रेड डेविल्सको जितमा फर्नान्डेसको ह्याट्रिक (भिडियोसहित)

एजेन्सी । यस सिजन केही केही महत्वपुर्ण खेलाडीहरुलाई अनुवन्ध गरेको म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगको नयाँ सिजनतर्फ आफ्नो पहिलो खेलमा शानदार जित निकालेको छ ।

शनिबार युनाइटेडले आफ्नो पहिलो खेलमा लिडस युनाइटेडलाई ५–१ को फराकिलो अन्तरले हरायो । युनाइटेडको जितमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले ह्याट्रिक गरे ।

फर्नान्डेसले ३०औं मिनटमा गोल गर्दै म्यानचेष्टरको गोलको खाता खोलेका थिए । तर ४८औं मिनटमा लुक एलिङले लिडसका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

यद्यपि म्यानचेष्टर दोस्रो हाफमा थप आक्रमक बन्यो । ५२औं मिनटमा मेसन ग्रीनवुडले म्यानचेष्टरका लागि दोस्रो गोल थप्दा त्यसको दुई मिनट लगतै फर्नान्डेसले नै तेस्रो गोल थपे ।

लगतै ६०औं मिनटमा फर्नान्डेसले टोलीका लागि चौथो गोल थप्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । चौथो गोल गरेको आठ मिनट लगतै म्यानचेष्टरका लागि फ्रेडले पाँचौं गोल थप्दै टोलीको शानदार जित पक्का गरेको थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...