लेवान्डोस्कीको किर्तिमानी गोलले पनि रोकियो बायर्न (भिडियोसहित)

एजेन्सी । शुक्रबारदेखि युरोपको शिर्ष फुटबल लिगहरुको शुरुवात हुने क्रममा जर्मन बुण्डेसलिगा पनि शुरु भएको छ । यद्यपि साविक विजेता बायर्न म्युनिखले लिगको शुरुवात सुखद रुपमा भने गर्न सकेन ।

बुण्डेसलिगाको उद्घाटन खेलमा शुक्रबार राती बायर्नले गोलको अग्रता बनाएर पनि बोरुसिया मोन्चेनग्लाडबाचसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

खेल शुरु भएको दशौं मिनटमै एलासन प्लीयाको गोलबाट बोरुसियाले खेलमा अग्रता लिएको थियो । यद्यपि बायर्नका लागि ४२औं मिनटमा रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका थिए ।

त्यो गोलसँैै बुण्डेसलिगाको शुरुवाती दिन लगातार सातौं सिजन गोल गर्ने लेवान्डोस्की एक्लो खेलाडी समेत बने ।

 


प्रतिक्रिया दिनुहोस

Loading...