लिगको नयाँ सिजनमा आर्सनललाई पहिलो गासमै ढुंगा (भिडियोसहित)

एजेन्सी । शुक्रबारदेखि शुरु बहुप्रतिक्षित इङलिस प्रिमियर लिगको पहिलो खेलमा नै लण्डन क्लब आर्सनलले नमज्जाको हार बेहोरेको छ । प्रिमियर लिगमा यसै सिजन बढुवा भएको नवआगन्तुक टोली ब्रेन्टफोर्डले आर्सनलमाथि २–० को जित निकाल्यो ।

७४ बर्षपछि प्रिमियर लिगमा फर्किएको ब्रेन्टफोर्डका लागि २२औं मिनटमा सर्जि केनोसले पहिलो गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो गोल भने ७३औं मिनटमा क्रिष्टियन नरगार्डले गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...