डि ब्रुईनले सिटीको शुरुवाती खेल गुमाउन सक्ने

एजेन्सी । इङलिस च्याम्पियन म्यानचेष्टर सिटीका स्टार मिडफिल्डर केभिन डि ब्रुईनले प्रिमियर लिगतर्फ सिटीको शुरुवाती खेल गुमाउन सक्ने सम्भावना बढेर गएको छ । सिटीले शुक्रबारदेखि शुरु प्रिमियर लिगको आफ्नो पहिलो खेल आइतबार टोटेनह्याम हटसपरसँग खेल्दैछ ।

रिपोर्टअनुसार डि ब्रुईन एंकल इन्जुरीका कारण अझै अभ्यासमा फर्किन सकेका छैनन् । डि ब्रुईनबारे बोल्दै सिटीका म्यानेजर पेप गार्डिओला भन्छन्, “उनी (डि ब्रुईन) फिट हुँदै गईरहेका छन् । तर पनि हामी अझै उनको पर्खाइमा छौं । उनी पूर्ण अभ्यास गर्न सक्दैनन् । आउने दिनहरुमा उनको चोटको समस्या कस्तो हुन्छ, त्यसबारे हामीले पर्खनै पर्छ ।”

स्मरण रहोस, सिटीलाई गत सिजन लिग च्याम्पियन बनाउन ब्रुईनले पनि अहम भूमिका खेलेका थिए । साथै उनी ‘प्रोफेशनल फुटबलर्स एसोसिएशन मेन्स प्लेयर्स’ प्लेयर अफ द सिजन अवार्ड लगातार दोस्रोपटक जित्न समेत सफल भएका थिए ।

सिटीका अर्का युवा मिडफिल्डर फिल फोडेनले पनि टोटेनह्याम विरुद्धको खेल गुमाउने लगभग निश्चित छ । फोडेन पनि खुट्टाको चोटको कारण मैदान बाहिर छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...