स्टोन्सले गरे सिटीसँग थप लामो सम्झौता

एजेन्सी । इङलिस च्याम्पियन म्यानचेष्टर सिटीका भरपर्दा डिफेन्डर जोन स्टोन्सले क्लबसँग थप पाँच बर्षको नयाँ सम्झौता गरेका छन् ।

स्मरण रहोस, २७ बर्षिय स्टोन्सको सिटीसँगको सम्झौता आगामी बर्ष समाप्त हुँदै थियो । तर उनको यो नयाँ सम्झौतासँगै उनी इतिहाद स्टेडियममा सन् २०२६ सम्म रहने पक्का भएको छ ।

सन् २०१६ मा इभर्टनबाट ४७.५ मिलियन पाउण्डमा सिटीमा आवद्ध भएका स्टोन्सले त्यसयता क्लबका लागि १६८ म्याच खेल्दै इङलिस फुटबलको हरेक घरेलु उपाधि जित्न सफल भएका थिए ।

त्यति मात्र नभएर गत बर्ष इङल्याण्ड युइएफए युरो च्याम्पियनसिपको फाइनलमा पुग्दा यी इङलिस डिफेन्डर पनि टोलीका महत्वपुर्ण सदस्य रहेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...