एग्वेरो लामो समय मैदान रहने निश्चित

एजेन्सी । भर्खरै आफ्नो नयाँ क्लब बार्सिलोनामा आवद्ध भएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्वेरो चोटका कारण लामो समय मैदान बाहिर रहने भएका छन् ।

गत जुन महिनामा मात्र दुई बर्षको सम्झौतासहित बार्सिलोनामा आवद्ध भएका एग्वेरोको काफ इन्जुरीका कारण उनी दश साता लामो मैदान बाहिर रहने क्लबले पुष्टी गरेको छ ।

त्यसअघि म्यानचेष्टर सिटीमा एक दशक बिताएका ३३ बर्षिय एग्वेरो सिटीको सर्वाधिक गोलकर्ता समेत हुन् । उनले क्लबका लागि किर्तिमानी सर्वाधिक ३९० म्याचमा २६० गोल गर्न सफल भएका थिए ।

त्यस्तै हालै सम्पन्न प्रतिष्ठित कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्दा लियोनल मेसीसँगै एग्वेरो पनि टोलीका महत्वपुर्ण सदस्य थिए ।

कतिपयले उनी लियोनल मेसी कै कारण बार्सिलोनामा आवद्ध भएको अडकल समेत काटेका थिए । तर मेसीले दुई दिन अघि मात्र बार्सिलोना छाड्ने निश्चित भएपछि एग्वेरो पनि निराश बनेको बताईन्छ ।

जे भए पनि एग्वेरोको क्याम्प नोउमा पहिलो सिजन निराशाजनक रुपमा बित्ने निश्चित छ । चोटिल बनेपछि एग्वेरोले बार्सिलोनाका केही महत्वपुर्ण खेलहरु पनि गुमाउने छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...