जापानिज क्लबमा पुगे बोजन

एजेन्सी । क्याटलन जायन्ट बार्सिलोना कै उत्पादन बोजन पेरेज चर्चित जापानीज क्लब भिसेल काबेमा आवद्ध भएका छन् । पछिल्लो समय क्यानेडियन क्लब मोन्टरियल इम्पेक्टमा बिताएका ३० बर्षिय बोजनको स्थानान्तरणबारे जापानीज क्लब कोबेले पनि आधिकारिक रुपमै पुष्टी गरेको छ ।

जापानीज क्लबले उनलाई के कति रकममा अनुवन्ध गरेको हो, त्यसबारे खुलाएको छैन । साथै उनको क्लबसँगको सम्झौता कहिलेसम्मको हो त्योबारे पनि विस्तृत रुपमा खुलाइएको छैन । स्मरण रहोस, भिसेल कोबेमा बार्सिलोनाकै पूर्व लिजेण्डरी प्लेमेकर आन्द्रेस इनिष्टा पनि छन् । इनिष्टा क्लबका कप्तानका रुपमा समेत रहेका छन् ।

१७ बर्ष १९ दिनको हुँदा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका बोजनले त्यसअघि लियोनल मेसीले बनाएको त्यो किर्तिमान समेत तोडेका थिए । बार्सिलोनामा कुल पाँच सिजन रहेर ४१ गोल समेत गर्न भ्याएका बोजनले स्पेनिस क्लब बाहेक इटालीयन क्लबद्वय एसी मिलान, रोम र इङलिस क्लब स्टोक सिटीमा पनि आफ्नो फुटबल कला पस्किएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...