बार्सार्ला किर्तिमानी ४४औं पटक उपाधि (भिडियोसहित)

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले क्याम्प नोउमा आफ्नो आधिकारिक प्रेस विज्ञप्तीसहित क्लब छाडेको घोषणा गरेकै दिन बार्साले जोआन गेम्पर कप किर्तिमान ४४औं पटक जितेको छ ।

ला लिगाको नयाँ सिजन शुरु हुनुअघि बार्सिलोनाले बार्षिक रुपमा आयोजना गर्दै आएको यो मैत्रीपुर्ण फुटबल म्याचमा यसपटक इटालियन महारथी युभेन्टसले प्रतिस्पर्धा गरेको थियो ।

खेलमा बार्सा ३–० ले विजयी समेत बन्यो । योहान क्रुफ स्टेडियममा भएको खेलको तेस्रो मिनटमै मेम्फिस डिपेको गोलबाट बार्साले खेलमा अग्रता लिएको थियो ।

थप दुई गोल भने दोस्रो हाफमा सम्पन्न भए । दोस्रो गोल ५७औं मिनटमा मार्टिन ब्रेथवेटले गरे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा रिकी पगले बार्साका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

स्मरण रहोस, बार्सिलोनाले ला लिगातर्फ नयाँ सिजन २०२१–२२ को शुरुवातमा आफ्नो पहिलो खेल १५ अगस्तका दिन रियल सोसिडाडसँग खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...