लण्डन डर्बीमा सोनको निर्णायक गोल (भिडियोसहित)

एजेन्सी । दक्षिण कोरियाली स्टार ह्युङ मिन सोन निर्णायक बनेपछि टोटेनह्याम हटसपरले नयाँ सिजन शुरु हुनु अघि प्रिसिजन यात्रा सुखद रुपमा समापन गरेको छ ।

आइतबार घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनह्यामले शहरी प्रतिद्वन्द्वी तथा उत्तरी लण्डन क्लब आर्सनलमाथि १–० को साँघुरो जित निकाल्यो । खेल बराबरीतर्फ लम्किरहेका बेला ७९औं मिनटमा सोनले टोटेनह्यामका लागि निर्णायक गोल गरेका थिए ।

स्मरण रहोस, प्रिमियर लिगको नयाँ सिजन २०२१–२२ यहि अगस्त १३ तारीखका दिनदेखि शुरु हुँदैछ । प्रिमियर लिगको उद्घाटन खेलमै आर्सनलको म्याच परेको छ ।

सिजनको उद्घाटन खेलतर्फ आर्सनलले नवआगन्तुक टोली ब्रेन्टफोर्डसँग खेल्ने कार्यक्रम छ भने टोटेनह्यामले १५ अगस्तका लागि डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...