महँगो किर्तिमानी मूल्यमा ग्रिलीसको सिटी स्थानान्तरण पूरा

एजेन्सी । इङलिस मिडफिल्डर ज्याक ग्रिलीस बृटिश किर्तिमानी मूल्य १०० मिलियन पाउण्डमा एस्टन भिल्लाबाट प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीमा आवद्ध भएका छन् ।

ग्रिलीसले सिटीसँग ६ बर्षको सम्झौता गरेका छन् । रिपोर्टअनुसार इतिहाद स्टेडियममा उनले दश नम्बर जर्सी प्रयोग गर्नेछन् । जुन त्यसअघि स्टार फरवार्ड सर्जियो एग्वेरोले प्रयोग गरेका थिए ।

ग्रिलीसले यो स्थानान्तरण पूरा गरेसँगै बृटिश स्थानान्तरण इतिहास मै उनी महँगा खेलाडी समेत बनेका छन् । त्यसअघि यो किर्तिमान सन् २०१६ मा पाउल पोग्बाले तोडेका थिए । त्यतिबेला म्यानचेष्टर युनाइटेडले पोग्वबालाई अनुबन्ध गर्न युभेन्टसलाई ८९ मिलियन पाउण्ड तिरेको थियो ।

साथै यो स्थानान्तरण पूरा भएसँगै ग्रिलीस फुटबल इतिहासमा सर्वाधिक महँगा फुटबलरको सूचीमा नवौं स्थानमा रहन पनि सफल भएका थिए । ग्रिलीसले शनिबार वेम्बलीमा हुने एफए कम्युनिटी शिल्डतर्फ लेस्टर सिटी विरुद्ध डेब्यु गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...