पूर्व चेल्सी र जर्मन स्टार बालाकका छोराको दुर्घट्नामा परि मृत्यु

एजेन्सी । पूर्व जर्मन तथा चेल्सी स्टार माइकल बालाकका छोराको दुर्घट्नामा परि निधन भएको छ । यो कुराको पुष्टी चेल्सीले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत गर्दै बालाक र उनको परिवारप्रति समवेदना र सहानुभुति समेत प्रकट गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बालाकका १८ बर्षिय छोरा इमिलियो बालाकको क्वाड बाइक (चार पांग्रे मोटरसाइकल) दुर्घट्नामा परिन निधन भएको हो । निधन भएका इमिलियो बालाकको पहिलो श्रीमती सिमोनी लाम्बेको तीन सन्तान मध्ये माइलो सन्तान हुन् ।

स्मरण रहोस, आफ्नो व्यवसायीक करियरको अधिकांश समय बायर्न म्युनिख र चेल्सीमा बिताएका बालाकले त्यसमध्ये चेल्सीसँगको उनको व्यवसायीक यात्रा सफलतम बनेको थियो ।

सन् २००६ देखि २०१० सम्म चेल्सीमा रहँदा बालाकलले एक प्रिमियर लिग, तीन एफए कप, कम्युनिटी शिल्ड, लिग कप जितेका थिए । त्यस्तै सन् २००७–०८ को सिजनमा चेल्सीलाई फाइनलसम्म पुर्याउन बालाकको भूमिका पनि महत्वपूर्ण रहेको थियो ।

बालाकले सन् २०१२ को अक्टुबरमा फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...