मेसी बिनाको बार्सा साल्जबर्गसँग हार्यो

एजेन्सी । प्रि–सिजन तयारीमा रहेको क्याटलन जायन्ट बार्सिलोनाले मैत्रीपूर्ण फुटबल म्याचतर्फ बिहीबार राती अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग १–२ ले हार बेहोरेको छ ।

साल्जबर्गकको घरेलु मैदानमा सम्पन्न खेलको ४३औं मिनटमा लुका सुसिकको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । आफ्ना स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा रहेको बार्सिलोनाले बराबरी गोलका लागि संघर्ष गर्नुपर्यो ।

खेलको ८२औं मिनटमा मार्टिन ब्रेथवेटले बार्साका लागि बराबरी गोल फर्काए । तर बार्साका लागि त्यो बराबरी गोलको खुशी धेरैबेर रहेन । उता ९०औं मनटमा ब्रेन्डन आरोनसनले साल्जबर्गका लागि दोस्रो गोल गर्दै बार्सा विरुद्ध घरेलु टोलीको रोमाञ्चक जित पक्का गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...