ब्रीजको लण्डन डर्बीमा बराबरी

एजेन्सी । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको मैत्रीपुर्ण फुटबल म्याचले ब्लुजले शहरी प्रतिद्वन्द्वी टोटेनह्याम हटसपरसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

खेलमा टोटेनह्यामले उत्कृष्ट पूनःरागमन गरेको थियो । शुरुवाती अग्रता भने चेल्सीले हाकिम जियचको दुई गोलबाट बनाएको थियो । जियचले खेलको १६ र ४९औं मिनटमा दुई गोल गर्दै चेल्सीलाई खेलमा दोहोरो अग्रता दिलाएका थिए ।

तर घरेलु टोलीको त्यो स्पष्ट अग्रतालाई टोटेनह्यामले मात दिन सफल भएको थियो । दोस्रो गोल खाएको धेरै समय नबित्दै लुकास मुराले ५६औं मिनटमा टोटेनह्यामका लागि पहिलो गोल फर्काए । त्यस्तै स्टिभन बर्जविनले ७०औं मिनटमा दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...