पार्टीमा गोली हानी डच फुटबलरको हत्या

एजेन्सी । चर्चित डच क्लब एएफसी एजाक्सका पूर्व विंगर जेर्जे हफड्राडको एक पार्टीमा गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार नेदरल्याण्डसको राजधानी एम्सटर्डममा ३५ बर्षिय हफड्राडको गोली हानी हत्या गरिएको हो ।

डि टेलीग्राफका अनुसार एम्सटर्डममा भएको एक पार्टीमा विवादपछि फुटबलरको गोली हानी हत्या गरिएको हो । घट्ना लगतै उनलाई अस्पताल लगिए तापनि त्यहाँ उनलाई मृत घोषित गरिएको थियो ।

साथै रिपोर्टअनुसार हफड्राडमाथि गोली प्रहार गर्ने एक शंकास्पद अभियुक्तको पुलिसले पहिचान समेत गरिसकेको बताइएको छ । त्यति मात्र नभएर पुलिसले सो अभियुक्तलाई आफै पुलिस स्टेशनमा उपस्थित हुन उर्दी जारी समेत दिएको छ । पुलिसले घट्नाबारे आवश्यक छानबिनलाई पनि तिव्रता दिएको स्रोतले जनाएको छ ।

पछिल्लो सिजन नेदरल्याण्डसको दोस्रो डिभिजनको टोली अलमेर सिटीका लागि खेलेका हफड्राडले करियरको शुरुवातमा एजाक्सबाट पनि खेलेका थिए । त्यतिबेला उनीसँगै एजाक्सबाट खेलेका खेलेका लिभरपुलका पूर्व डच विंगर र्यान बाबेलले हफड्राडको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यो घट्नाबारे हफड्राडका पूर्व क्लबहरुले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति श्रद्धाञ्जली र सहानुभुति प्रकट गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...