मिलानसँग नमज्जाले हार्यो युभेन्टस (भिडियोसहित)

एजेन्सी । यस सिजन लिग उपाधि जित्नबाट यसअघि नै बञ्चित भईसकेको साविक विजेता युभेन्टसले आइतबार राती एसी मिलानसँग आफ्नै घरमा ३–० ले पराजित हुन पुगेको छ ।

मिलानको जितमा पहिलो गोल पहिलो हाफको इन्जुरी समयमा ब्राहिम डियाजले गरेका थिए । त्यस्तै दोस्रो गोल भने ७८औं मिनटमा आन्टे रेबिकले गरे भने तेस्रो गोल ८२औं मिनटमा फिकायो टोमोरीले गर्दै पाहुना टोलीको शानदार जित पक्का गरे ।

यो जितसँगै ३५ खेलबाट ७२ अंकका साथ मिलान तेस्रो स्थानमा उक्लिएको छ । पराजित युभेन्टस भने ६९ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा खस्किएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...