सेभियासँग जोगियो रियल (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ साविक विजेता रियल मेड्रिड हार नजिक पुगेर पनि मुश्किलले जोगिएको छ । दुईपटक पछि परेको स्थिति उल्टाउँदै रियलले सेभियासँग २–२ गोलको बराबरी खेलेको छ ।

खेलको २२औं मिनटमा फर्नान्डोको गोलबाट सेभियाले अग्रता बनाएको थियो । त्यो अग्रता तोड्न रियलले दोस्रो हाफसम्म संघर्ष गर्नुपर्यो । ६७औं मिनटमा मार्को एसेन्सियोले रियलका लागि बराबरी गोल गरे ।

तर सेभियाले लगतै पेनाल्टीको अवसर पायो । जसलाई ७८औं मिनटमा इभान राकिटिकले गोलमा परिणत गर्दै टोलीलाई फेरि खेलमा अग्रता दिलाए । तर त्यो अग्रता पनि सेभियाले जोगाउन सकेन ।

खेलको इन्जुरी समयमा टोनी क्रुसले गरेको प्रहार इडन हजार्ड डच गर्दै विपक्षीको गोलपोष्टमा छिरेपछि रियलले आफ्नो सम्भावित हार टारेको थियो । यद्यपि त्यो बराबरीका बावजुद रियलले शिर्षताको होडमा पुग्ने अवसर भने गुमाएको छ ।

यो जितसँगै ३५ खेलबाट ७५ अंक जोडेको रियल दोस्रो स्थानमा उक्लिएको छ र समान अंक भए तापनि गोल भिन्नताका आधारमा बार्सिलोनालाई पछि पार्न सफल भएको छ । उता ७७ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ । त्यस्तै सेभिया भने ७१ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...