महत्वपुर्ण खेलमा एटलेटिको र बार्साको बराबरी (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ महत्वपुर्ण मानिएको खेलमा शनिबार एटलेटिको मेड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बार्साको घरेलु मैदानमा भएको यो खेलको नतिजाका बावजुद एटलेटिको शिर्ष स्थानमा यथावत छ र दुई अंकको अग्रता पनि बनाएको छ । तर यो बराबरीले तेस्रो स्थानको टोली रियल मेड्रिडलाई भने उपाधि होडमा फाईदा पुगेको छ ।

शनिबारको नतिजापछि ३५ खेलबाट ७७ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा रहँदा ७५ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको रियल भने ७४ अंकका साथ तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको सेभियाको ७० अंक छ । समग्रमा स्पेनिस ला लिगाको लिग उपाधि होड अझै पनि खुला नै छ । रियलले आइतबार राती सेभियासँग खेल्दैछ । त्यो खेल जित्न सके रियलले लिगलिडर एटलेटिकोसँग अंक बराबरी गर्न सफल हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...