लिभरपुलको सोझै च्याम्पियन्स लिग खेल्ने झिनो सम्भावना कायमै (भिडियोसहित)

एजेन्सी । साविक विजेता लिभरपुलले इङलिस प्रिमियर लिगको शिर्ष चारमा रहेर आगामी सिजन सोझै च्याम्पियन्स लिगका लागि छनौट हुने झिनो सम्भावना कायम राखेको छ ।

शनिबार राती लिभरपुलले साउथाम्पटनलाई २–० ले हरायो र शिर्ष चारको आफ्नो सम्भावनालाई कायम राख्यो । स्मरण रहोस, लिगतालिकाको चौथो स्थानमा रहेको लेस्टरले शुक्रबार न्युक्यासलसँग ४–२ को हार बेहोर्नु पनि लिभरपुलका लागि केही फाईदाजनक भइदियो ।

शनिबार खेलमा लिभरपुलका लागि ३१औं मिनटमा साडियो मानेले गोल गरे भने दोस्रो गोल खेलको अन्तिमतिर ९०औं मिनटमा थियागो अलकन्ताराले गर्दै रेडसको जित पक्का गरेका थिए ।

यो जितपछि ३४ खेलबाट ५७ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ र पाँचौं स्थानको टोली वेस्ट ह्याम भन्दा १ अंकले मात्र पछाडी छ । उता साउथाम्पटन भने ३७ अंकका साथ १६औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...