लिपजिग हार्दा लगातार नवौंपटक च्याम्पियन बन्यो बायर्न

एजेन्सी । जर्मन जायन्ट बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा लगातार नवौंपटक जित्न सफल भएको छ । लिग उपाधि होडको निकट प्रतिद्वन्द्वी आरबी लिपजिगले शनिबार बोरुसिया डर्टमुण्डसँग ३–२ को हार बेहोरेपछि बायर्न च्याम्पियन बनेको हो ।

लिग उपाधि होडमा आफ्नो चुनौति कायम राख्न लिपजिगले शनिबारको खेल जित्नैपर्ने थियो । यो हारसँगै ३२ खेलबाट ६४ अंक जोडेको लिपजिग दोस्रो स्थानमा छ । र एक खेल कम खेलेको लिगलिडर तथा च्याम्पियन बायर्न भन्दा सात अंकले पछाडी छ । र लिपजिगले लिगमा अब केवल तीन खेल खेल्न मात्र बाँकी छ ।

बायर्नले शनिबार राती नै बोरुसिया मोन्चेग्लाडबाचसँग खेल्दैछ । उता महत्वपुर्ण जित हात पारेको डर्टमुण्ड भने ५८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । र आगामी सिजन च्याम्पियन्स लिगमा सोझै छनौट हुने सम्भावना पनि बलियो बनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...