लिडससँग स्तब्ध बन्यो टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार भएको पहिलो खेलमा टोटेनह्याम हटसपरले लिडस युनाइटेडसँग ३–१ को स्तब्धपुर्ण हार बेहोरेको छ । यो हारले टोटेनह्यामको आगामी सिजन युरोपियन फुटबल खेल्ने योजनामा पनि धक्का लागेको छ ।

लिडसको घरेलु मैदानमा सम्पन्न खेलको १३औं मिनटमा स्टुआर्ट डालासको गोलबाट लिडसले खेलमा अग्रता लिएको थियो । तर २५औं मिनटमा ह्युङ मिन सोनले टोटेनह्यामका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । यद्यपि त्यो बराबरी नतिजा टोटेनह्यामले पहिलो हाफसम्म पनि कायम राख्न सकेन ।

लिडसका लागि ४२औं मिनटमा प्याट्रिक बामफोर्डले दोस्रो गोल थपे । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रोड्रिगोले खेलको ८४औं मिनटमा लिडसका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको उत्कृष्ट जित पक्का गरेका थिए ।

यो जितसँगै ३५ खेलबाट ५० अंक जोडेको लिडस लिगतालिकाको नवौं स्थानमा छ । उता पराजित टोटेनह्याम भने ५६ अंकका साथ छैटौं स्थानमा छ र पाँचौं स्थानको टोली वेस्ट ह्याम भन्दा २ अंकले पछाडी छ । यद्यपि वेस्ट ह्यामले एक खेल कम खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...