लेस्टरमाथि न्युक्यासलको प्रभावशाली जित (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शुक्रबार राती भएको एक मात्र खेलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीमाथि ४–२ को प्रभावशाली जित हात पारेको छ ।

खेलमा शुरुवाती अग्रता पनि न्युक्यासलले नै लिएको थियो । लेस्टरको घरेलु मैदानमा भएको खेलको २२औं मिनटमा जोय विलकले पाहुना टोलीका लागि पहिलो गोल गरे । ३४औं मिनटमा पाउल डुमेटले त्यो अग्रता दोब्बर पार्न सफल भए ।

खेलमा शुरुवातबाटै प्रभावशाली प्रदर्शन गरेको न्युक्यासलका लागि ६४ र ७३औं मिनटमा केलम विल्सनले लगातार दुई गोल थप्दै पाहुना टोलीको जित पक्का गरेका थिए ।

यद्यपि खेलको अन्तिम दश मिनटमा भने लेस्टरले दुई गोल फर्कायो । तर टोलीको हार भने टरेन । ८०औं मिनटमा फोक्सेसका लागि मार्क अलब्राईटनले पहिलो गोल गरे भने ८७औं मिनटमा केलेची लिनाचोले दोस्रो गोल फर्काएका थिए ।

यो जितसँगै ३५ खेलबाट ३९ अंक जोडेको न्युक्यासल लिगतालिकाको १३औं स्थानमा छ । उता पराजित लेस्टर भने ६३ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...