सामाजिक सञ्जाबलमा निशाना बने स्टर्लिङ

एजेन्सी । म्यानचेष्टर सिटी र इङल्याण्डका स्टार विंगर रहिम स्टर्लिङमाथि सामाजिक सञ्जाबलमा नश्लभेदी टिप्पणी भएको छ । हाल इङलिस फुटबलले खेलाडीहरुमाथि भईरहेको अनलाईन दुव्यर्वहारका कारण चार दिनका लागि सामाजिक सञ्जाल ‘बायकट’ गरिरहेका छन् ।

उता फेसबुकले स्टर्लिङमाथि गरिएको त्यो नश्लभेदी कमेन्ट डिलिट गरिएको बताएको छ । साथै त्यस्ता कार्यहरु निन्दनीय र अस्वीकार्य रहेको समेत स्पष्ट पारेको छ ।

स्मरणीय छ, २६ बर्षिय स्टर्लिङमाथि भएको यो नश्लभेदी टिप्पणी पहिलो घट्ना भने होईन । यसअघि गत बर्षको जनवरीमा स्टर्लिङमाथि नश्लभेदी टिप्पणी गरेकै कारण म्यानचेष्टर सिटीले आफ्ना दुई समर्थकहरुलाई पाँच बर्षका लागि प्रतिवन्ध लगाएको थियो ।

त्यस्तै चेल्सीले पनि सन् २०१८ को डिसेम्बरमा आफ्ना एक समर्थकहरुलाई आजिवन प्रतिवन्ध लगाएको थियो । रिपोर्टअनुसार ती समर्थकले स्टामफोर्ड ब्रीजमा सिटी र चेल्सीबीचको खेलका क्रममा स्टर्लिङमाथि आपतिजन शब्द प्रयोग गरेको बताइएको थियो ।

हाल खेलाडीहरुमाथि भईरहेको यस किसिमको दुव्यर्वहारकै कारण कतिपय खेलकुद संघसंस्था तथा खेलाडीहरुलाई सामाजिक सञ्जाल बायकट गर्नेदेखि लिएर छाड्ने सम्मको निर्णय गरिरहेका छन् ।

हालै फ्रेन्च लिजेण्ड थिएरी हेनरीले पनि यहि कुरालाई गम्भिर बिषय बनाएर सामाजिक सञ्जाल छाडेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...