बेलको ह्याट्रिकमा जमेको टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार राती टोटेनह्याम हटसपरले रेलिगेशनमा परिसकेको टोली शेफिल्ड युनाइटेड विरुद्ध ४–० को जित निकाल्दा गारेथ बेलले ह्याट्रिक जमाएका छन् ।

साथै यो जितले टोटेनह्यामको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना केही हदसम्म कायम पनि राखेको छ । बेलले खेलको ३६, ६१ र ६९औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

टोटेनह्यामका लागि थप एक गोल भने ७७औं मिनटमा कोरियन स्टार ह्युङ मिन सोनले गरेका थिए । यो जितपछि ३४ खेलबाट ५६ अंक जोडेको टोटेनह्याम लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । साथै चौथो स्थानको टोली चेल्सी भन्दा पाँच अंकले पछाडी छ ।

उता पराजित शेफिल्ड युनाइटेड भने मात्र १७ अंकका साथ पुछारमा छ र यसअघि नै रेलिगेशनमा समेत परिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...