मैदान फर्किए लगतै औबमेयङको गोल (भिडियोसहित)

एजेन्सी । मलेरियाका कारण केही समय मैदान बाहिर रहन पुगेका गाबोन स्टार पिएरे एमरिक औबमेयङले मैदान फर्किए लगतै आर्सनलका लागि गोल गर्न सफल भएका छन् ।

इङलिस प्रिमियर लिगतर्फ आर्सनलले आइतबार न्यूक्यासल युनाइटेडलाई उसकै घरमा २–० ले हराउँदा औबमेयङको नाममा पनि एक गोल रह्यो । यद्यपि न्युक्यासलको घरेलु मैदानमा आर्सनलका लागि गोलको खाता भने पाँचौं मिनटमा मोहमद इलनेनीले खोलेका थिए ।

दोस्रो गोल ६६औं मिनटमा औवमेयङले गर्दै गनर्सको जित सुनिश्चित गरे । त्यस्तै खेलको अन्तिमतिर ग्याब्रिल मार्टिनेलीलाई फल गर्दा न्युक्यासलका फाबियनले सोझै रातो कार्ड खाएका थिए । यद्यपि त्यो अन्तिमतिरको रातो कार्डले खेलमा खासै असर भने परेन ।

यो जितसँगै ३४ खेलबाट ४९ अंक जोडेको आर्सनल लिगतालिकाको नवौं स्थानमा छ । उता पराजित न्युक्यासल भने ३६ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १७औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली फुलह्याम भन्दा ९ अंकले अगाडी छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...