पिएसजी विरुद्ध सिटीको महत्वपूर्ण अवे जित (भिडियोसहित)

एजेन्सी । शुरुवाती गोल खाएर पनि उत्कृष्ट पूनःरागमन गरेको म्यानचेष्टर सिटीले प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पहिलो लेगमा महत्वपुर्ण अवे जित हात पारेको छ ।

रोमाञ्चक जित हात पार्ने क्रममा सिटीले दश खेलाडीमा खुम्चिन पुगेको पिएसजीलाई २–१ ले हरायो । पिएसजीको घरेलु मैदानमा भएको खेलतर्फ १५औं मिनटमा डिफेन्डर मार्किन्होसको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो ।

तर सिटीले दोस्रो हाफमा उत्कृष्ट पूनःरागमन गर्यो । ६४औं मिनटमा केविन डि ब्रुईनले सिटीका लागि पहिलो गोल फर्काए भने ७१औं मिनटम रियाद महरेजले दोस्रो गोल गर्दै पाहुना टोलीको महत्वपूर्ण अवे जित पक्का गरेका थिए ।

उता खेलको ७७औं मिनटमा पिएसजीका इड्रिसा गेईले रातो कार्ड खाँदै मैदान छोड्दा घरेलु टोली थप दबाबमा परेको थियो । यद्यपि त्यसको फाईदा सिटीले खासै उठाउन सकेन ।

यो जितसँगै सिटी क्लब इतिहास मै पहिलोपटक च्याम्पयन्स लिगको फाइनलमा पुग्ने संघारमा समेत छ । अब दोस्रो लेगको खेल ५ मईका दिन सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...