मेड्रिडमा चेल्सी र रियलको बराबरी (भिडियोसहित)

एजेन्सी । प्रतिष्ठित च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पहिलो लेगमा लण्डन क्लब चेल्सी र १३ पल्टको विजेता रियल मेड्रिडले बराबरी खेलेका छन् । मंगलबार राती रियलको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा अग्रता भने चेल्सीले लिएको थियो । १४औं मिनटमा क्रिश्चियन पुलिसिकको गोलबाट अग्रता बनाएको चेल्सीले त्यसलाई धेरैबेर जोगाउन सकेन । यस सिजन राम्रो लयमा देखिएका करिम बेन्जेमाले २९औं मिनटमा रियलका लागि रोमाञ्चक बराबरी गोल फर्काउन सफल भएका थिए ।

अब दोस्रो लेगको खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा ५ मईका दिन हुनेछ । जुन खेलमा चेल्सीलाई महत्वपूर्ण अवे गोलको फाईदा पनि हुनेछ । यद्यपि ब्लुजले रियललाई त्यति सहजै पाखा लगाउन भने कठिन देखिने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...