जुलियन बायर्नको प्रशिक्षक बन्ने तय

एजेन्सी । हाल जर्मन क्लब आरबी लिपजिगको जिम्मेवारी सम्हालिरहेका जुलियन नगेल्समनले आगामी सिजन जर्मन जायन्ट बायर्न म्युनिखको म्यानेजर बन्ने पक्का भएको छ ।

यो सिजनको समाप्ती लगतै जुलियन बायर्न जाने कुरा क्लबले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । साथै उनले बायर्नसँग ५ बर्षको लामो सम्झौता गर्ने समेत बताइएको छ ।

हाल ३३ बर्ष उमेर पुगेका जुलियन युरोपका प्रतिभावान युवा प्रशिक्षकको रुपमा परिचित छन् । सन् २०१६ मा २८ बर्षको उमेर मै होफेनहिमको जिम्मेवारी सम्हालेर बुण्डेसलिगाको सबैभन्दा कान्छा प्रशिक्षक बनेका जुलियनले सन् २०१९ मा आरबी लिपजिगको जिम्मेवारी सम्हालेकै बर्ष क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका थिए ।

स्मरण रहोस, हालै बायर्नका वर्तमान प्रशिक्षक हान्सी फ्लिकले सार्वजनिक रुपमै क्लब छाड्न चाहेको घोषणा गरेका थिए । त्यसबारे उनले क्लबको बोर्ड सदस्यहरुलाई समेत जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...