लेस्टरको च्याम्पियन्स लिगको खेल्ने सम्भावना बलियो (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सोमबार राती क्रिस्टल प्यालेसलाई २–१ ले हराएको लेस्टर सिटीले आगामी सिजन प्रतिष्ठित च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि बलियो बनाएको छ ।

लेस्टरको घरेलु मैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता भने प्यालेसले लिएको थियो । खेलको १२औं मिनटमै विलफ्रिड जाहाले लेस्टरका लागि शुरुवाती गोल गर्न सफल भएका थिए ।

यद्यपि खेलको दोस्रो हाफमा भने लेस्टरले पूनःरागमन गर्न सफल भयो । ५०औं मिनटमा टिमोथी कास्टाग्नेले लेस्टरका लागि बराबरी गोल फर्काए भने ८०औं मिनटमा केलेची लिनाचोले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै ३३ खेलबाट ६२ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ र चौथो स्थानको टोली चेल्सी भन्दा ४ अंकले अगाडी छ । उता पराजित प्यालेस भने एक खेल कम खेल्दै ३८ अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...