सिटीलाई किर्तिमानी उपाधि (भिडियोसहित)

एजेन्सी । म्यानचेष्टर सिटीले प्रतिष्ठित इङलिस लिग कपको उपाधि लगातार चौथो पटक जित्न सफल भएको छ । आइतबार अबेर राती सम्पन्न फाइनल भिडन्तमा साविक विजेता सिटीले लण्डन क्लब टोटेनह्याम हटसपर विरुद्ध १–० को कठिन जित निकाल्दै उपाधि रक्षा गर्न समेत सफल भयो ।

लिग कपमा सिटीको समग्रमा यो आठौं उपाधि समेत हो । वेम्बली स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सिटीका लागि खेलको अन्तिमतिर ८२औं मिनटमा एमरिक लापोर्टेले गरेको एक मात्र गोल सिटीलाई लगातार चौथो पटक लिग कपको विजेता बनाउन प्रर्याप्त बन्यो ।

सिटीको यो किर्तिमानी उपाधि समेत थियो । अर्थात् लिग कप सर्वाधिक आठ पटक जित्ने सिटी दोस्रो टोली हो । यसअघि यो सफलता लिभरपुलले मात्र हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...