लिडस र म्यानचेष्टरको बराबरी

एजेन्सी । बर्ष २०२१ को शुरुवात यता लिगतालिकाका शिर्ष ६ टोलीहरु विरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको लिडस युनाइटेडले आइतबार म्यानचेष्टर युनाइटेडलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको छ ।

स्मरण रहोस, यसअघि लिडसले लेस्टर सिटी र म्यानचेष्टर सिटीलाई हराएको थियो भने चेल्सी र लिभरपुललाई बराबरीमा रोकिसकेको छ । यो नतिजासँगै ३३ खेलबाट ४७ अंक जोडेको लिडस लिगतालिकाको नवौं स्थानमा छ ।

उता बराबरीमा रोकिएको म्यानचेष्टर युनाइटेड भने ६७ अंकका साथ दोस्रो स्थानमा छ । र लिगलिडर म्यानचेष्टर सिटीभन्दा १० अंकले पछाडी छ । साथै यो नतिजाले सिटीलाई केही हदसम्म थप फाईदा पनि पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...