दशकपछि लिग उपाधि नजिक इन्टर (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ दशकपछि लिग उपाधि जित्ने संघारमा पुगेको छ, इन्टर मिलान । इन्टरले आइतबार भएको खेलमा हेलास वेरोना विरुद्ध १–० को कठिन जित निकाल्दै सन् २०१० पछि पहिलोपटक लिग उपाधि जित्ने संघारमा पुगेको हो ।

इन्टरको जितमा खेलको ७६औं मिनटमा मेटियो डार्मिनले गरेको एक मात्र गोल एन्टोनियो कोन्टेको टोलीलाई तीन अंक दिलाउन निर्णायक बन्यो । यो जितसँगै इन्टरले दोस्रो र तेस्रो स्थानको टोली क्रमशः एसी मिलान र युभेन्टससँगको दुरी १३ अंकमा पु–याएको छ ।

स्मरण रहोस, आइतबार नै युभेन्टसले फियोरेन्टिनासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यस्तै एक खेल कम खेलेको एसी मिलानले भने लिगतर्फ सोमबार खेल्दैछ । यस सिजन अब पाँच खेलहरु खेल्न मात्र बाँकी रहेको अवस्थामा इन्टरको त्यो स्पष्ट अग्रताले टोलीलाई ऐतिहासिक लिग उपाधि नजिक पु–याएको छ ।

त्यस्तै आइतबार सम्पन्न सो खेलमा इन्टरसँग पराजित हुन पुगेको हेलास वेरोना भने ३३ खेलबाट ४१ अंकका साथ लिगतालिकाको दशौं स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...