युभेन्टसको उपाधि जोगाउने अभियान कठिन (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन युभेन्टसको इटालियन सिरि ए उपाधि जोगाउने अभियान यस सिजन कठिन भइदिएको छ । आइतबार भएको खेलमा युभेन्टसले फियोरेन्टिनासँग १–१ को बराबरी खेलेपछि ओल्ड लेडीको लिग उपाधि जोगाउने सम्भावना समाप्त हुने संघारमा पुगेको हो ।

फियोरेन्टिनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस शुरुवाती समय मै गोल खान पुग्दा दबाबमा परेको थियो । खेलको २९औं मिनटमा डुसान व्लाहोविकले पेनाल्टीबाट फियोरेन्टिनाका लागि शुरुवाती गोल गर्न सफल भएका थिए । यद्यपि घरेलु टोलीले त्यो अग्रता पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

दोस्रो हाफ शुरु भएको पहिलो मिनट मै अल्वारो मोराटाले युभेन्टसका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने टोलीलाई हारबाट पनि जोगाएका थिए । यो नतिजापछि ३३ खेलबाट ६६ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ र लिगलिडर इन्टर मिलान भन्दा १३ अंकले पछाडी छ ।

दोस्रो स्थानमा ६६ अंकका साथ एक खेल कम खेलेको एसी मिलान रहेको छ । उता फियोरेन्टिना भने ३४ अंकका साथ १४औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...