सुखद बनेन हजार्डको पूनःरागमन (भिडियोसहित)

एजेन्सी । १३ मार्चपछि पहिलोपटक मैदानमा उत्रिएको इडन हजार्डको पूनःरागमन सुखद बन्न सकेन । स्पेनिस ला लिगातर्फ साविक विजेता रियल मेड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेलेपछि हजार्डको पूनःरागमन पनि निराशाजनक बन्न पुगेको हो ।

बेटिसको घरेलु मैदानमा भएको सो खेलमा हजार्ड ७७औं मिनटमा मैदानमा प्रवेश गरेका थिए । १३ मार्चपछि हजार्डको त्यो पहिलो लिग खेल पनि थियो । तर मैदानमा उनको उपस्थिति दुर्भाग्यपुर्ण बन्यो । उता रियललाई बराबरीमा रोक्न सफल बेटिस ५० अंकका साथ छैटौं स्थानमा छ ।

बेटिससँगको त्यो बराबरी नतिजाले रियलको उपाधि होडमा भने नराम्रोसँग धक्का लागेको छ । त्यो बराबरी नतिजाले रियल लिगलिडर तथा शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिड भन्दा २ अंकले पछि परेको छ । साथै एटलेटिको एक खेल कम पनि खेलेको छ र आइतबार एथलेटिक बिल्बाओसँग खेल्दैछ ।

बिल्बाओलाई आइतबार एटलेटिकोले हराउन सके लिगतालिकामा डिएगो सिमोनेको टोलीले रियलमाथि ५ अंकको अग्रता बनाउनेछ । त्यस्तै रियल तेस्रो स्थानको बार्सिलोना भन्दा ३ अंकले अगाडी छ । यद्यपि बार्सिलोनाले २ खेल कम पनि खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...